काठमाडौें ।सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
सीडीएससीले उपप्रबन्धकदेखि वरिष्ठ कम्युटर अपरेटरसम्मका लागि कर्मचारी माग गरेको हो । लोकसेवा आयोगले लिने आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सीडीएससीले विज्ञापन खुलाएको हो ।
आन्तरिकतर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत माग गरिएको छ भने खुल्लामा आईटी अधिकृत र वरिष्ठ कम्युटर अधिकृतका लागि आवेदन खुलेको छ । यस्तै, छैटौं तहको अधिकृतमा महिला र पाँचौ तहको वरिष्ठ सहायकमा मधेसी कोटाको आवेदन मागिएको छ ।
न्युनतम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
वि.सं.२०८० मंसिर १५ शुक्रवार ११:३८ मा प्रकाशित