काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाको बैठकले आ.व २०७९/०८० को नाफा नोक्सान तथा सो सँग सम्बन्धित अनुसूचिहरुसहितको वित्तिय विवरण पारित गरेको र उक्त विवरण राष्ट्र बैंकबाटस्वीकेति भएपश्चात साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्ने जानकारी दिएको छ ।
वि.सं.२०८० मंसिर १५ शुक्रवार १२:०० मा प्रकाशित