back
NMB ad

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

Kumari bank ad

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा आज उक्त राय बाझिएको हो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको छ भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको छ ।

आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको निवेदन बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।” खाणको विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।

त्यस्तै, प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।

अदालतले पूर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई रु १५ लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको हो । भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको उल्लेख गर्दै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई रु ३० लाख, हरिभक्त मर्हजन र शरण केशीलाई रु १५/१५ लाख, नरेश केसी र शमशेर मियाँलाई रु १०/१० लाख, आशिष बुढाथोकीलाई रु ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले साधारण तारिखमा टङ्ककुमार गुरुङ, केशव तुलाधार, लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उक्त विवादका १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज उक्त फैसला सुनाएको हो ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९ मा प्रकाशित

You can share this post!

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...