काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
वि.सं.२०८० मंसिर १८ सोमवार १०:२५ मा प्रकाशित