back
NMB ad

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ   

Kumari bank ad

काठमाडौँ, १९ मङ्सिर : सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताउनुभयो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको मन्त्री शर्माले उल्लेख गर्नुभएको छ ।

वि.सं.२०८० मंसिर २० बुधवार ०६:३७ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...