back
NMB ad

कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ : राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर अझै घट्दै जाने र कर्जा लगानी बढ्दै जाने बताएको छ। बुधबार राष्ट्र बैंकले अर्थ समितिमा भएको छलफलमा यस्तो बताएको हो।

चालु आर्थिक वर्षमा बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गर्दै गत आर्थिक वर्षको असोजमा १०.३४ प्रतिशत रहेको बैंकहरुको आधार दर चालु आर्थिक वर्षको सोहि अवधिमा ९.९४ प्रतिशतमा झरिसकेको बताएको छ।

पछिल्लो समय निरन्तर घट्दै गएको कर्जाको ब्याजदर पनि अझै घट्ने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लगेकाले कर्जाको ब्याजदर थप घट्ने राष्ट्र बैंकले जनाएको हो।

यसैगरी पछिल्लो समय तरलतामा आएको सुधार र घट्दै गएको ब्याजदरले गर्दा कर्जा प्रवाह बढ्दै जाने बताएको छ। अहिले बैंकहरुमा अधिक तरलता रहेको छ भने ब्याजदर निरन्तर रुपमा घट्दै गएको छ। तर पनि बैंकहरुमा कर्जाको माग धेरै छैन। राष्ट्र बैंकले भने अब कर्जा प्रवाह बढ्दै जाने उल्लेख गरेको छ।

वि.सं.२०८० मंसिर २० बुधवार १४:३४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...