काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३.३३ अंकले बढेर १८४१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, विजय लघुवित्तको ८.०७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.८७ प्रतिशत, मोलुङ हाइड्रोपावरको ७.८३ प्रतिशत र गणपति लघुवित्तको ७.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० मंसिर २० बुधवार १५:१३ मा प्रकाशित