back
NMB Ad

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

Royal Enfield Inside Page Banner

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।” उहाँले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, “जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ ।”

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताउनुभयो ।

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उहाँले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सत्ता गबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताउनुभयो ।

सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताउनुभयो ।

पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसद्भन्दा माथि कोही हँुदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।”

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त   

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त   

वि.सं.२०८१ फागुन ५ सोमवार १४:२७

टोकियो : सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त...

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग   

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग   

वि.सं.२०८१ फागुन ५ सोमवार १४:२२

 काठमाडौँ  : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र...

२२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

२२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

वि.सं.२०८१ फागुन ५ सोमवार १४:१२

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ...

परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:४८

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:२४

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू...

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:१४

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी...