back
NMB ad

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

Kumari bank ad

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी र रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको थियो भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको थियो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ ।

अदालतले उक्त विवादमा नौजना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो ।

वि.सं.२०८० मंसिर २० बुधवार १७:४० मा प्रकाशित

You can share this post!

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

वि.सं.२०८१ असार २ आइतवार ०६:३२

धनुषा : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ असार २ आइतवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?     

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?    

वि.सं.२०८१ असार २ आइतवार ०६:१३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...