back

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न अन्तरिम आदेश

Kumari bank ad

काठमाडौैँ, २१ मङ्सिर : उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।”

अदालतले उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय गर्नेछ ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले शेयर खरिद–बिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गर्नुभएको थियो ।

वि.सं.२०८० मंसिर २१ बिहीवार २०:१७ मा प्रकाशित

You can share this post!

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:४८

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले...

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:२७

प्रा. डा. शिवराज अधिकारी प्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि रेमिट्यान्स...