काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० मंसिर २४ आइतवार ११:२८ मा प्रकाशित