काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको थप १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।
वि.सं.२०८० मंसिर २६ मंगलवार १०:२८ मा प्रकाशित