back
NMB ad

प्रिमियम भाउमा हिमालयन रिको आईपीओ खुला, कति कित्ता दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आज मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निश्कासन गर्नेछ ।

कम्पनीले कुल ३ करोड कित्ता आईपीओ प्रिमियममा निश्कासन गर्न पाउने अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् ।
कुल सार्वजनिक निश्कासनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ।
यसमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ ।

वि.सं.२०८० मंसिर २७ बुधवार ०६:४३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...