back
NMB ad

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

Kumari bank ad

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निश्कासन गरेको छ ।

कम्पनीले कुल ३ करोड कित्ता आईपीओ प्रिमियममा निश्कासन गर्न पाउने अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् ।
कुल सार्वजनिक निश्कासनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यसमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ ।

वि.सं.२०८० पुस १ आइतवार ०६:५१ मा प्रकाशित

You can share this post!

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...