back
NMB ad

सरकार ! खोई ३८ खर्ब रुपैयाँ कहाँ गायब भयो ?

Kumari bank ad

काठमाडौं । नेपालको वार्षिक ३८ खर्ब रुपैयाँ हराइरहेको भन्दै सरकारमाथि प्रश्न उठेको छ । वैदेशिक रोजगारमा गएका मानिसले पठाउने रकम श्रमिक विदेशिनेक्रम र डलरको मूल्यवृद्धि अनुसार ५० खर्ब रुपैयाँ पुग्नुपर्नेमा जम्मा १२ खर्ब रुपैयाँ बराबर मात्र रेमिट्यान्स भित्रिएको भन्दै सरकारमाथि प्रश्न तेर्सिएको हो ।

आइतबार नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले १८ डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को सन्दर्भमा पत्रकार सम्मेलनमार्फत फ्याक्टसिट सार्वजनिक गर्दै बजेट रकमभन्दा पनि दोब्बर रेमिट्यान्स रकम कहाँ गायब भयो भन्दै खोजबिन गर्न सरकारलाई भनेको हो । नेपालीको कमाइको रकम विगत दुई वर्षदेखि हराइरहेको जिफन्टको दाबी रहेको छ । महासंघका उपाध्यक्ष रमेश बडालले भने, ‘नेपालमा नआएको गत आर्थिक वर्षको ३८ खर्ब रुपैयाँ गयो कहाँ ?’ यो पैसा सुन तस्करी, विटक्वाइन वा अन्य डिजिटल करेन्सीमा प्रयोग भएको हो कि अथवा नेपालीहरुले नेपाल बाहिर लगानी गर्न थालेका के हुन् यथार्थ खोज्न बडालले सरकारलाई आग्रह गरे ।

महासंघका महासचिव लक्ष्मण शर्माले भने, ‘ दक्ष श्रमिक विदेशिने कुराले नेपालको गन्तव्य मुलुकसँगको बार्गेनिङ पावर बढाएको छ । श्रमिकको आयमा वृद्धि भएको छ भने श्रमिकले पाउने सुबिधामा वृद्धि भएको सरकारको तथ्याँकले बताउँछ । श्रमिकको समस्या घट्नु, दक्ष श्रमिक ४२ प्रतिशत हुँदा भन्दा अहिले ६५ प्रतिशत हुँदा नेपाल भित्रिने रेमिट्यान्स किन घट्यो ? सीप बढ्ने तर नेपालले लाभ नपाउने अवस्था किन भयो ?’ शर्माको प्रश्न थियो । शर्माले दक्ष श्रमिकको पारिश्रमिक १५ प्रतिशतले वृद्धि हुँदा पनि रेमिट्यान्स रकम बढ्न नसक्नु दुखद भएको बताए ।

जिफन्टले सार्वजनिक गरेको फ्याक्टसिटअनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा २७७ प्रतिशत र २०७९/८० मा ३०० प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको सरकारी तथ्याँकमा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४२.२४ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको फ्याक्टसिटले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जना बिदेशिँदा नौ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको अनुपातमा आर्थिक वर्ष २०७९/८० मा विदेशिनेको संख्या ७ लाख ७१ हजार ३२७ जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रूपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक बिदेशिंँदा आम्दानी १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्यता राख्दा कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिनुपर्नेमा १२ खर्ब हाराहारीमा भित्रिनुबारेमा अध्ययन हुनुपर्ने जिफन्टको माग रहेको छ । त्यस्तै डलरको मूल्य १ अमेरिकी डलर बराबर ११७ बाट बढेर १३३ पुग्दा १३ प्रतिशतले बढी आय प्राप्त हुनुपर्ने पनि जिफन्टको भनाइ रहेको छ ।

वि.सं.२०८० पुस १ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...