back
NMB ad

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छुट

Kumari bank ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको OPD Tickets, Lab Investigation, X-Ray/USG/ECG, General Bed Charge, Cabin/ICU/NICU/CCU, Operation Charge, CT Scan, Physio Therapy आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकले आफ्नो डिम्याट कन्फरमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

“बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पु¥याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु” भनी यस अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने ।

लुम्बिनी रोड भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । १०० शैयाको यो हस्पिटलमा २४सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रडक्ट तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।

वि.सं.२०८० पुस २ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...