back
NMB ad

चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब बढी, नबिल बैंक सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वाणिज्य बैङ्कहरूले साढे २० अर्ब बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले चार महिनामा २० अर्ब ७३ करोड २२ लाख ६० हजार बढी खुद नाफा कमाएका हुन् । जुन गत असोज मसान्तसम्मको तुलनामा १ अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार एक महिनामा बैङ्कहरूको नाफा ६.०८ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत असोज मसान्तसम्ममा भने बैङ्कहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

नविल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले कार्तिकसम्ममा २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ। असोजसम्ममा १ अर्ब ४६ करोड नाफा कमाएको बैंकले कार्तिकमा ७० करोड नाफा कमाएको हो।

यसैगरी ग्लोबल आइएमइ बैंकले कार्तिकसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत असोजसम्ममा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएकोमा कार्तिक महिनामा मात्रै ७२ करोड रुपैयाँ नाफा कमाएको हो। यो बैंक नाफाको हिसामा दोस्रो स्थानमा छ।

तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले १ अर्ब ८६ करोड ६८ लाख बढी नाफा कमाएको छ । चौथो नम्बरमा भने प्राइम कमर्सियल बैङ्क देखिएको छ । चार महिनामा बैङ्कले १ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, हिमालयन बैङ्कले चार महिनामा १ अर्ब ५० करोड ६६ लाख, एनआइसी एशियाले १ अर्ब ३७ करोड ७६ लाख, राष्ट्रिय वाणिज्यले १ अर्ब २० करोड ६७ लाख, एनएमबि बैङ्कले १ अर्ब २३ करोड ८५ लाख, एभरेष्टले १ अर्ब ८ करोड २ लाख, प्रभुले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

कात्तिक मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्डले ९८ करोड १९ लाख, नेपाल बैङ्कले ६६ करोड ८१ लाख, नेपाल एसबिआईले ६० करोड ५६ लाख, माछापुच्छ्रेले ६७ करोड १५ लाख, कुमारीले ८८ करोड ८० लाख, लक्ष्मी सनराइजले ५१ करोड ५९ लाख, सिद्धार्थले ३३ करोड ३८ लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरी, कृषि विकास बैङ्कको नाफा ऋणात्मक देखिएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा बैङ्क २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । चालु आवको पहिलो त्रैमासमा पनि बैङ्कले ९० करोड ३१ लाख बढी नोक्सानीमा थियो ।

वि.सं.२०८० पुस २ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३३

काठमाडौँ, १ जेठ: सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा...