back
NMB ad

सगरमाथा जलविद्युत कम्पनीले बोलायो साधारण सभा, हकप्रद सेयर निश्कासन गर्ने

Kumari bank ad

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमीटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी पुस २५ गते बुधबार आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाउँदै हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँको सत्प्रतिशत(१ः१ को अनुपात) हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको हो ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७९ /८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि पनि छलफल हुनेछ ।

सञ्चालक समितिबाट भए गरेका निर्णय अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ सञ्चालक चुन्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, अन्य जलविद्युत कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्तिको विषयमा छलफल गरी सोसम्बन्धी सबै अधिकार सञ्चालक समितिमा प्रत्यायोजन गर्ने, अन्य कम्पनीमा लगानी गर्ने लगायतका एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० पुस ३ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...