back
NMB ad

तीन वर्षमा नेपाल एयरलाइन्सको आम्दानी दोब्बरले वृद्धि, थप जहाज खरिद गर्ने  

Kumari bank ad

काठमाडौँ, ३ पुस : नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को  आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।    

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

वि.सं.२०८० पुस ३ मंगलवार २०:११ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...