back
NMB ad

छुटाउनुहोला है, यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज पुस ५ गते बिहीबार, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । चिलिमे जलविद्युत कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ८ गते आइतबार बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न कम्पनीले पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, निफ्राले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली पुस ६ गते शुक्रबार बुक क्लोज गर्दैछ । यसर्थ कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बनिसक्ने पर्नेछ । निफ्राले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.२१०५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्दै छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

वि.सं.२०८० पुस ५ बिहीवार ०७:१५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...