काठमाडौं । मध्य भोटेकोशी लजविद्युत कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । सभा पुस २७ गते सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
वि.सं.२०८० पुस ५ बिहीवार १२:२५ मा प्रकाशित