back
NMB ad

सर्वोत्तम सिमेन्टले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेयर भर्न १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अनुमति दिएको छ।

बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको हो । कम्पनीले गत मंसिर १८ गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवदेन दिएको थियो ।

अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथमिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा प्रतिकित्ता ३६०.९० का दरले  ५० कित्ताका लागि आवेदन दिन  १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

वि.सं.२०८० पुस ५ बिहीवार २०:५७ मा प्रकाशित

You can share this post!

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...