काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।
सोही प्रस्तावसहित कम्पनीले पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरको होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्दैछ। यसर्थ पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
वि.सं.२०८० पुस ६ शुक्रवार ०७:०७ मा प्रकाशित