काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ।
कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरेर जम्मा १०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ छ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
वि.सं.२०८० पुस ६ शुक्रवार १०:४० मा प्रकाशित