back
NMB ad

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिमा छलफल सुरु   

Kumari bank ad

काठमाडौँ, ८ पुस : आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ ।

समितिको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयको अन्तरालपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री राईले जतिसक्दो चाँडो विधेयक पारितका लागि सांसदहरूलाई आग्रह पनि गर्नुभयो ।

बैठकमा सांसदहरुले विधेयकमा शिक्षक दरबन्दी किटान गरिनुपर्ने, शिक्षकका लागि निजामती कर्मचारी सरहको सेवा सुविधा तोकिनुपर्ने, शिक्षकको तलब बढ्दा विद्यालय कर्मचारीको पनि तलब वृद्धि हुनुपर्ने र शिक्षाको गुणस्तर सुधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सबै राष्ट्रसेवक कर्मचारी, नेता, सांसद र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था नगरेसम्म नेपालको शैक्षिक क्षेत्रमा सुधार नहुने र घोकन्ते विद्याभन्दा प्रश्न गर्नसक्ने र आलोचनात्मक चेत भएका क्षमतावान् विद्यार्थी उत्पादन गर्ने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरु डा चन्द्र भण्डारी, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, विद्या भट्टराई, दीपा शर्मा, सरिता भुसाल, डा तोषिमा कार्की, डा कालुराम राई लगायतले भाग लिनुभएको थियो । सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

वि.सं.२०८० पुस ८ आइतवार १७:४५ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...