back
NMB ad

सडक विस्तारमा ढिलाइ भएको भन्दै रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा   

Kumari bank ad

नवलपुर, ९ पुस (रासस) : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो ।

दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताउनुभयो । “यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैलाई कष्टकरण जीवन भोग्नुपरेको छ”, उहाँले भन्नुभयो, “यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।” बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उहाँले बताउनुभयो ।

“आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धूलो बाटोमा सवारीसाधन चलाएका छन्, धूलाम्ये भएका छन्, हिलाम्मे भएका छन्” उहाँले भन्नुभयो, “तर, हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।” दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्वबारे सबै सामु ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उहाँले बताउनुभयो ।

उहाँले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गर्नुभयो । “म यात्रामा निस्केको समयमा स्थानीयका कुराहरु सुन्न सक्दिनँ, छलफल गर्न सक्दिन”, उहाँले भन्नुभयो, “तर, मेरो टिम छ उहाँहरुले स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम गर्नुहुन्छ, उहाँहरुले सबै कुरा मलाई पछि बताउनुहुन्छ ।” जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उहाँले बताउनुभयो ।

वि.सं.२०८० पुस ९ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...