back
NMB ad

हालसम्म ७ विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

Kumari bank ad

काठमाडौं । हालसम्म ७ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । ३ बैंकको बुक क्लोज र साधारण सभा सम्पन्न भइसकेको छ ।

४ बैंकको भने बुक क्लोज र साधारण सभा हुन बाँकी छ ।लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि तीन वटा विकास बैंक सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ ।

बाँकी चार वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन ।

यी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी जम्मा ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी जम्मा ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

मितेरी डेभलपमेन्ट विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश गरी जम्मा ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश घोषणा गरेको छ । महालक्ष्मी विकास बैंकले भने ६.४ पतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ ।

यसैगरी,मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.५१३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।

वि.सं.२०८० पुस १० मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...