back
NMB ad

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ बीच छूट सम्झौता

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै कम्पनीका ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छ्रूट पाउने छन् ।

सम्झौता अन्तर्गत कम्पनीका ग्राहक,कार्ड प्रयोगकर्ता,कर्मचारीहरु तथा तिनका परिवारका सदस्यले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० वटा शाखाबाट समेत सर्जीकल प्रोसिजर,माइनर इन्भेष्टिगेसन(कर्मचारी मात्रै) र अप्टिकल्समा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन् ।

यसका अतिरिक्त पहिलो पटक रजिष्ट्रेशन तथा ओपीडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअपसमेत नि स् शुल्क पाउने उक्त सम्झौतामा उल्लेख छ ।

उक्त अवसरमा कम्पनीका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति थियो ।

कम्पनीले आफ्ना १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बताएको छ । कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

वि.सं.२०८० पुस ११ बुधवार १९:१० मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...