काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको स्थिर रहँदै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४५५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० पुस १५ आइतवार १०:५२ मा प्रकाशित