back
NMB ad

काठमाडौंमा च्याउ मेला, सर्वसाधारणको उच्च आकर्षण

Kumari bank ad

काठमाडौं । ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराकासाथ काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव गरिएको छ । पुस १५ गते राष्ट्रिय च्याउ दिवसको अवसरमा यस क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले मेला गरिएको हो । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा भएको मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गरे ।

मेलामा विभिन्न ३० ओटा स्टलमार्फत च्याउ खेतीको प्रवद्र्धन गरिएको थियो । मेलाका माध्यमबाट प्रचारको काम बढी भएको र यसको उत्पादनबारे जानकारी एवं स्वास्थ्यका लागि पुग्ने फाइदाबारे बुझाउन मेलाले महत्वपूर्ण सहयोग गरेको व्यवसायी दीपक न्यौपानेले जानकारी दिए । मेलामा सबै व्यवसायीले ल्याएका च्याउ बिक्री भएको र मानिसहरुमा च्याउ सेवनप्रति उच्च चेतना रहेको पाइएको न्यौपानले बताए ।

विदेशबाट च्याउ ल्याउने काम रोकिने वातावरण भएमा उत्पादकहरुलाई राहत मिल्ने मेलामा सहभागीहरुको भनाइ थियो । पाते च्याउमा नेपाल आत्मनिर्भर भइसकेको जानकारी दिँदै व्यवसायी न्यौपानेले डल्ले च्याउमा छिट्टै आत्मनिर्भर हुने अवस्था रहेको बताए । राजा च्याउ मासुको परिकारको रुपमा बढि प्रयोग हुने अवस्था रहेको उनले बताए । यता सिताके च्याउ कम उत्पादन हुने हुँदा यसका लागि कच्चापदार्थ उपलब्ध हुनुपर्ने अवस्था रहेको न्यौपानेले बताए ।

मेलामा कन्ये, गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू राखिएको थियो । ७ हजारभन्दा बढी अवलोकनकर्ताहरुले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा च्याउसम्बन्धी जागरण ल्याउने विभिन्न सांस्कृतिक कार्यक्रमका साथै च्याउ उत्पादकहरुलाई सम्मान गरिएको थियो । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउँदै आइएको छ ।

वि.सं.२०८० पुस १५ आइतवार १९:५६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...