काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार तीन कम्पनीको मूल्य समायोजन गरेको छ ।
लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३८६ रुपैंया ५४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ४०२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३७४ रूपैयाँ ४३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८६५ रुपैंया ७१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ९०९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० पुस १६ सोमवार १६:४१ मा प्रकाशित