काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख २० हजार २०० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४६० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० पुस १८ बुधवार १०:३८ मा प्रकाशित