काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख ४३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन माउन्टेन इनर्जीको १५ करोड ९० लाख २ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६८ लाख ७७ हजार रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० पुस २२ आइतवार १५:१२ मा प्रकाशित