back
NMB ad

नेपाल उद्योग परिसंघ र ईण्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर

Kumari bank ad

काठमाडौं।नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श(आईसीसी) बिच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो।

नेपाल उद्योग परिसंघले आईतबार काठमान्डौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गर्नु भएको हो।

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिबृद्धी गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ । साथै दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सुचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको भन्नुहुँदै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे प्रकास जानकारी गराउनुभयो ।

ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताउनु भयो। पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उहाँले बताउनुभयो।
परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायीक विकासमा युएसीको महत्त्व बारे प्रकाश पार्नुभयो । साथै उहाँले युएसीले एशीयन राष्ट्रहरु बिचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भुमीका खेल्ने बताउनुभयो।

परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताउनुभयो।

वि.सं.२०८० पुस २३ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...