back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

Kumari bank ad

काठमाडौं । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताउनु भयो । साथै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाउनु भयो ।

कार्यक्रममा सहभागि कर्मचारीहरुलाई चर्चित मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरु कमपनीको ब्राण्ड एम्वेसडर रहेको र कम्पनीको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गर्नु भयो । सो अवसरमा कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्ने उदेश्यले विभागिय प्रमुखहरु र प्रशासनिक कर्मचारीहरु बिच अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको वताउनु भयो । विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वहाँहरुको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भयो ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो सो परिक्षा बाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठ लाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो भने देशै भरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

वि.सं.२०८० पुस २३ सोमवार १९:२६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...