back
NMB ad

१२ करोड रुपैयाँ हिनामिना गर्ने रियल गोर्खा सहकारीको अध्यक्ष र सदस्य पक्राउ

Kumari bank ad

काठमाडौं । बचतकर्ताको साढे १२ करोड रुपैयाँ अपचलन तथा ठगी गरेको आरोपमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका अध्यक्ष कठायत र सञ्चालक विनोद कुमार ओझालाई पक्राउ गरेको हो ।

डोटीको शिखर नगरपालिकाका ३१ वर्षीय कठायत र काभ्रेको धुलिखेल नगरपालिकाका ३५ वर्षिय ओझालाई सोमबार पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ। विभिन्न ठाउँमा शाखा कार्यालय खोलेर सञ्चालनमा भइरहेको उक्त सहकारीले निक्षेपकर्ताको करिब १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि उजुरी परेको थियो । बचतकर्ताको रकम सहकारीका अध्यक्ष कठायत र सञ्चालक ओझाले अपचलन गरेको आरोप बचर्तकर्ताहरूले लगाएका छन् ।

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुनेमा छ भने शाखा कार्यालय जोरपाटी र भक्तपुरमा छन् । निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक तथा वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिने गरेका थिए ।

बचतकर्ताहरुले आफूले जम्मा गरेको साँवा, ब्याज पटक–पटक फिर्ता माग्दा नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी रकम उपलब्ध गराइदिन आवश्यक पहल गर्न बचतकर्ताहरूले उजुरी दिएका थिए । सोही आधारमा अध्यक्ष कठायत र सदस्य ओझालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको सिआइबीको भनाइ छ । साथै, उक्त सहकारीबाट पिडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न समेत अनुरोध  गरेको छ ।

वि.सं.२०८० पुस २४ मंगलवार ०६:५६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...