back
NMB ad

बक्यौता महशुल तिर्न उद्योगहरुलाई ६० महिनाको समयावधि, ३० दिनभित्र आवेदन दिनुपर्ने

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी उद्योगहरुलाई ६० महिनाको समयावधि दिएको छ ।

प्राधिकरणले  सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल बुझाउन बाँकी उद्योगहरुलाई अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

गत पुस १६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले ६० महिनासम्मको किस्ताबन्दीमा बक्यौता महशुल बुझाउन पाउने व्यवस्था गरेको थियो । प्राधिकरणले पुस ६ देखि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल नतिरेका उद्योगको बिजुली काट्दै आएको छ । प्राधिकरणले सोमबारसम्म बक्यौता नतिर्ने २४ वटा उद्योगको बिजुली काटिसकेको छ ।

केहि उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सहमत हुँदै किस्ताबन्दी तिर्न थालिसकेका छन् भने अधिकांश उद्योगले आफुले बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले देखाए मात्र बक्यौता तिर्ने बताएका छन् । प्रमाण खोजेका उद्योगहरुले आफुले बिजुली नै नबालेको बताउदै आएका छन् ।

वि.सं.२०८० पुस २४ मंगलवार ११:२० मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...