back
NMB ad

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने   

Kumari bank ad

काठमाडौँ, २५ पुस : कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा रु एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा रु १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

आगामी फागुन १ गतेदेखि साविक सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने कोषले जनाएको छ । उक्त सुविधा सञ्चालका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ । कोषले सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पति तथा पत्नीको उपचार गराइ कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न अनुरोध गरेको छ ।

कोषले सञ्चयकर्तालाई वित्तीय सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्तालाई विशेष, घर, शैक्षिक र घर मर्मत सापटी, जग्गा खरिदमा कर्जा तथा स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी एवं शिशु स्याहर र दुर्घटना क्षतिपूर्ति प्रदान गर्दै आइरहेको छ ।

विसं २०१९ मा स्थापना भएको कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिका निमित्त सञ्चय कोष व्यवस्थापनको काम गर्दै आएको छ । कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षाका सुविधा प्रदान गर्नुका साथै नयाँ सुविधा पनि थप गर्दै आइरहेको छ । कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता सूचीकृत छन् ।

वि.सं.२०८० पुस २५ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...