back
NMB ad

अर्थतन्त्रले डेभलपमेन्ट मिडियाकोे आठौं वार्षिकोत्सवमा सार्वजनिक गर्यो दुई पुस्तक

Kumari bank ad

काठमाडौं । आर्थिक क्षेत्रको लोकप्रिय अनलाइन न्युज पोर्टल अर्थतन्त्र डटकमले मातृसंस्था डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि.को आठौं स्थापना दिवसमा दुई वटा म्यागेजिन सार्वजनिक गरेको छ ।

आर्थिक क्षेत्रका विज्ञ, विश्लेषक र सरोकारवाला निकायका प्रमुखहरुको धारणा समेटेर २३ जना लेखकको आलेख रहेको नेपाली भाषामा लेखिएको अर्थतन्त्र आठौं वार्षिकोत्सव विशेष र पर्यटन क्षेत्रका ४५ जना लेखकको विचार समेटिएको अंग्रेजी भाषको टुरिजम इन्साइट्स विहिबार आयोजित एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकार्पण गरे ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित लोकार्पण समारोमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपिएन यूनियन (इयू) ले नेपाल माथि लगाएको प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले पार्टी आबद्ध कर्मचारीको निहित स्वार्थका कारण नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विधेयेक अगाडी बढ्न नसकेका कारण इयूको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको भनाइ राखे । सेवा र नियामक निकाय एउटै हुनुहुँदैन भन्ने इयूको भनाईसँग मेल हुने गरी यस क्षेत्रको नियामक निकाय र सेवा प्रदायकलाई छुट्टाछुट्टै बनाउने कानुन ल्याउन खोजेपनि कर्मचारीको स्वार्थले मन्त्री र प्रधानमन्त्री नै पछि हट्न बाध्य हुनुपरेको उनले बताए । स्वार्थ त्यागेर देश बनाउने कुरामा सबै इमान्दार भएर लाग्नुपर्ने अध्यक्ष तिमल्सिनाको भनाई थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै पर्यटनको बजार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । पाण्डेले समस्यामा फसेको अर्थतन्त्रलाई सरकारले धकेलेर उद्धार गर्न खर्च गर्नुपर्ने बेला आइसकेको बताए । अध्ययन गरेर नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई अगाडि बढाउनेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व गभर्नर एवं पूर्व पर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले लोकार्पण गरिएका पुस्तकबारे टिप्पणी गर्दै संख्यासँगै गुणस्तरीय पर्यटनमा जोड दिन आग्रह गरे । उनले आएका पर्यटक कति दिन बसे र उनीहरुले बढीभन्दा बढी खर्च गराउन सक्नेगरी नयाँ गन्तव्य मुलुकले दिएर फाइदा लिनुपर्ने धारणा राखे । लक्ष्य राखेर मात्रै सरकारले पर्यटन वर्ष वा दशक घोषणा गर्नुपर्ने र ग्रामिण पर्यटनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटनमा नीतिगत सहजीकरणको आवश्यकता औंल्याए । पर्यटनका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्नेहरु बजारमा कममात्रै रहेको भन्दै ‘टुरिजम इन्साइट्स’ पुस्तकले पर्यटनका धेरै कुराहरु उजागर गरेको रिजालले बताए । नेपाली कांग्रेसका पर्यटन विभाग प्रमुख आँङ्गेलु शेपार्ले आर्थिक विकासमा दिर्घकालिन दृष्टिकोण लिएर दलहरु अगाडि बढ्नुपर्ने बताए । पर्यटनको प्रवद्र्धनमा जोड दिँदै शेर्पाले अनुसन्धानमुखी भएर नीति र दृष्टिकोण बनाउन जोड दिए । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले जलविद्युत्लाई पर्यटनसँग जोडेर लैजान सके धेरै आर्थिक लाभ लिन सकिने बताए ।

डेभलपमेन्ट मिडियाका अध्यक्ष तथा अर्थतन्त्रका प्रधान सम्पादक रामेश्वर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्वजनिक टुरिजम इन्साइट्सले देशैभरका पर्यटका गन्तव्यसहित सम्पूर्ण विषयलाई उजागर गर्ने प्रयास गरेको छ । १ सय ६८ पृष्ठको सो पुस्तकमा डेस्टिनेशन, सस्टेनेवल, पोलिसी, इण्डष्ट्रि र एडभेन्चर गरी पाँच खण्ड रहेको छ ।

वि.सं.२०८० पुस २७ शुक्रवार ११:१७ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...