back
NMB ad

भारतीय प्रधानमन्त्रीद्वारा मुम्बईमा भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’ को उद्घाटन   

Kumari bank ad

मुम्बई (भारत), २७ पुस : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा भारतको सबैभन्दा लामो पुल अटल बिहारी वाजपेयी सेवारी–न्हवा शेवा अटल सेतुको उद्घाटन गर्नुभएको छ । सो अवसरमा महाराष्ट्रका राज्यपाल रमेश बैस, मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणविस पनि सहभागी हुनुहुन्थ्यो ।

अटल सेतु भारतको सबैभन्दा लामो सामुद्रिक पुल पनि हो । यसले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कनेक्टिभिटी प्रदान गर्नेछ । साथै मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतसम्मको यात्राको समयलाई पनि कम गर्नेछ । पुलको शिलान्यास पनि सन् २०१६ डिसेम्बरमा प्रधानमन्त्री मोदीले नै गर्नुभएको थियो ।

अटल सेतुको निर्माण कूल १७ हजार आठ सय ४० करोड भारतीय रुपैयाँभन्दा धेरै लागतमा गरिएको हो । यो २१ दशमलव आठ किलोमिटर लामो र छ लेन भएको पुल हो । यसको लम्बाई समुद्रमाथि करिब १६ दशमलव पाँच किलोमिटर र जमिनमा करिब पाँच दशमलव पाँच किलोमिटर छ । यसबाट मुम्बई बन्दरगाह र जवाहरलाल नेहरु बन्दरगाहबीचको कनेक्टिभिटीमा पनि सुधार हुने बताइएको छ ।

वि.सं.२०८० पुस २७ शुक्रवार १९:४१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...