back
NMB ad

माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय   

Kumari bank ad

कञ्चनपुर, २८ पुस : शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिनुहुन्छ । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उहाँको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ ।

“माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि दुना, टपरी बनाउनै प¥यो”, आशिदेवीले भन्नुभयो, “दुना, टपरीमा परिकार दिने चलन पुरानै हो, यसलाई जीवन्त राख्नुप¥यो ।”

माघी आउनपूर्व एक महिनादेखि आशिदेवी जस्तै अन्य थारु समुदायका महिलाले तोरीको तेल पेल्ने, अन्ती धान कुटेर त्यसको चामलको गुलियो जाँड बनाउने, रक्सी तयार गर्ने, ढिक्री बनाउनका लागि चामल ढिक्कीमा कुट्नेलगायत काम गर्दै आएका छन् । नदी तलाउबाट माछा मारेर ल्याई आगोमा सुकाएर माघीका बेला विभिन्न परिकारसँगै पाहुनालाई खान दिइने गरिन्छ ।

नदी तलाउमा विषादीको प्रयोग गरी माछा मार्ने कार्य हुदैँ आएको वासुदेवी डगौँराले बताउनुभयो । “वन क्षेत्रका तालमा माछा मार्न दिदैनन्”, उहाँले भन्नुभयो, “सार्वजनिक तालतलैया र पोखरीमा माछा नै छैनन्, त्यसैले बजारबाट माछा खरिद गरेर माघीको जोहो मिलाएका छौँ ।”

खानाका परिकार बनाउनका लागि आवश्यक दाउराको जोहो महिलाले यस अघिनै मिलाई सकेका छन् । माघीकै लागि घर लिपपोत तथा सरसफाइको काम गरिसकेको गहनु डगौँराले बताउनुभयो । “सुँगुर, कुखुरा, माछाको जोहो मिलाइसकेका छौँ”, उहाँले भन्नुभयो, “यतिबेला समुदायका सबै माघीको अन्तिम तयारीमा छौँ ।”

पिपलाडी गाउँका बडघर रहनुभएका गहनुले माघीका बेला देखाइने मघौटालगायत नृत्य टोलीको छनोट गरी जिम्मेवारी दिने कार्य गरिएको बताउनुभयो । माघीमा थारु समुदायले मघौटासँगै छोक्रा नृत्य पनि देखाउने गरेका छन् । पुसको अन्तिम दिनका लागि सुँगुर मार्ने कार्य गरिन्छ ।

पिपलाडीका छ टोलमा मासुका लागि छ वटा सुँगुर मार्ने व्यवस्था मिलाइएको वडाध्यक्ष एवं पूर्व बडघर नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार यसै अवसरमा गाउँका सबै जनाले गच्छेअनुसार सुँगुरको मासु खरिद गर्ने तथा नयाँ लुगा लगाउने चलन रहेको छ ।

“सुँगुर ढाल्ने दिनलाई ‘जिता मर्ना भन्ने गरिएको छ”, चौधरीले भन्नुभयो, “माघ महिना सुरु भएपछि कुनै पनि पशुपन्छीको बध गर्न नहुने चलन छ । त्यसैले एक दिनअगावै सुँगुर ढाल्ने, कुुखुरा, भेडा, बाख्राको मासुको व्यवस्था गरिन्छ ।”

जिता मर्ना गरिने दिनको रातभरि आगोका धुनी जगाई रातभर मादल, डम्फु बजाउँदै बुढापाका, युवालगायतले पुराना गीत गाउँदै महिलाले छोक्रा र मघौटा नृत्य नाच्ने गर्दछन् । रातकै बेला अन्ती चामलको पिठोबाट बनेका ढिक्री, तिलको लड्डु, खेरिया, तरुल, गैँजी, उसिनेको चामलको भात खाने गरिन्छ ।

रातभर जाग्राम रहेका थारु समुदायले बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छेअनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने चलन छ ।

वि.सं.२०८० पुस २८ शनिवार १४:०७ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...