काठमाडौं । मुक्तिनाथ विकास बैंकले सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई ९.७५ प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी जम्मा १०.२६ प्रतिशत लाभांश प्रस्ताव समेत स्वीकृत गरेको छ ।
सभाले आ.व. २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।
साथै उक्त सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल , विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकले जानकारी दिएको छ ।
वि.सं.२०८० पुस २८ शनिवार २०:१८ मा प्रकाशित