काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीलाई नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत मंसिर १५ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित गरेकामे ८. ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
मंसिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।
वि.सं.२०८० माघ ३ बुधवार ०९:४२ मा प्रकाशित