back
NMB ad

पूर्वी पहाडी जिल्लामा हिमपात   

Kumari bank ad

मङ्गलबारे (इलाम) ३ माघ : इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ ।

देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुटक्षेत्रको जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले गर्दा घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । यद्यपि हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उहाँ बताउनुहुन्छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मङ्गलबारदेखि नै हिमपात भएको छ ।

वि.सं.२०८० माघ ३ बुधवार १४:४५ मा प्रकाशित

You can share this post!

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...