back
NMB ad

नेपालगञ्जका शैक्षिक संस्था तीन दिन बन्द   

Kumari bank ad

खजुरा (बाँके), ३ माघ : अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

महाशाखा प्रमुख थापाका अनुसार अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको हो ।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ । बाँकेमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

वि.सं.२०८० माघ ४ बिहीवार ०७:१७ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?   

कर्णाली प्रदेशको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?   

वि.सं.२०८१ असार २ आइतवार १०:५२

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), २ असारः कर्णाली प्रदेश सरकारले आगामी...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १०:४४

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगो भएको...

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

वि.सं.२०८१ असार २ आइतवार १०:३८

गलेश्वर (म्याग्दी), २ असारः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला...

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...