back
NMB ad

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४४ हजार ८ सय रुपैंया सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक समितीका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशव राज वराल लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । सिग्देलले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा सञ्चालक सिग्देलले क्लबको प्रशंशा समेत गरे ।

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष वरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरि राम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०८० माघ ४ बिहीवार १७:१३ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...