
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।
सञ्चालन नाफा पनि २८.०३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख ४७ हजार रुपैयाँमा आएको छ । खराब कर्जा ०.६२ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ ।
वि.सं.२०८० माघ ७ आइतवार ११:४६ मा प्रकाशित