काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ ८ सोमवार १०:३९ मा प्रकाशित