back
NMB ad

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक   

Kumari bank ad

काठमाडौँ, ८ माघ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा विसं २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ ।

त्यस्तै तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी स्नातक तहको सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेष्टरको २०८१ असोज, तेस्रो सेमेष्टरको २०८१ चैत, चौथो सेमेष्टरको २०८२ भदौ÷असोजमा तोकिएको छ ।

स्नातक तर्फको पाँचौ सेमेष्टरको २०८२ चैतमा, छैटौँ सेमेष्टरको २०८३ असोज, सातौँ सेमेष्टरको २०८३ चैत र आठाँै सेमेष्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेष्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेष्टरको २०८१ माघ, तेस्रो सेमेष्टरको २०८२ असार र चौथो सेमेष्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । सेमेष्टर र वार्षिक प्रणालीमा एक सय दिनभित्र नतिजा निकाल्ने गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० माघ ८ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...