back
NMB ad

ज्योति ग्रुपबाट खोसियो हिरो मोटरसाइकल, आधिकारिक बिक्रेतामा चौधरी समूह नियुक्त

Kumari bank ad

काठमाडौं । नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट अधिकृत बिक्रेता खोसिएको छ । ज्योति ग्रुप हिरो मोटरसाइकल ब्रान्ड आधिकारिक बिक्रेतामा चौधरी समूह नियुक्त भएको छ । हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो ।

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्। दुवै कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै, यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने जानकारी दिएका छन् । हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने छ, विज्ञप्तिमा भनिएको छ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समूह हो । एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समूहको व्यवसाय फैलिएको छ ।

वि.सं.२०८० माघ ९ मंगलवार ०६:५३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...